Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको आगामी राष्ट्रपतिको बहसमा भाग नलिने घोषणा गरेका छन्। मङ्गलबार रातिको बहसमा आफ्नो विजयको दाबी गरे तापनि सर्वेक्षणहरूले ह्यारिसलाई विजयी देखाएका छन्। आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि ट्रम्प रिपब्लिकन पार्टीबाट र ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका छन्। अहिलेसम्मका सर्वेक्षणहरुमा दुवैबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।

ट्रम्पले प्रमुख मुद्दाहरू जस्तै अध्यागमन र मुद्रास्फीति सम्बन्धमा पर्याप्त छलफल भइसकेकोले अर्को बहसको आवश्यकता नरहेको बताएका छन्। उनले बाइडेन प्रशासनमाथि पनि आलोचना गर्दै वर्तमान सरकारलाई देशको लागि हानिकारक भनेका छन्।

ट्रम्पले आफुले बहस जितेको भन्दै ह्यारिसले बहस हार्नेबित्तिकै अर्को बहसको माग गरेको आरोप लगाए। साथै, ट्रम्पले ह्यारिसले फक्स न्यूज र अन्य प्रमुख मिडिया संस्थानहरूमा हुने बहसहरूमा पनि सहभागी हुन अस्वीकार गरेको आरोप लगाए। अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ५ मा निर्धारित छ।

 

 

तपाईको प्रतिक्रिया