Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले काठमाडौंको सुन्धारामा पुनर्निर्मित धरहरालाई असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा पुनः सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मा संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ। यसअघि २०७२ सालको भूकम्पअघि धरहरा सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिइएको थियो। महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।

तर, हालको मन्त्रिपरिषद् बैठकले धरहरा सञ्चालनसम्बन्धी अघिल्ला सबै निर्णयहरू खारेज गरेको छ। पुनर्निर्मित धरहराको बाहिरी डिजाइन पुरानै ११ तलाको जस्तो देखिए पनि यसको भित्री संरचना २२ तलाको छ। धरहराको उचाइ ८३.५८ मिटर रहेको छ। १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।

 

 

तपाईको प्रतिक्रिया