Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानी कम्पनी केइरिनकन र आइजिसी बिजनेस होल्डिङ नेपालबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सो कार्यक्रममा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सूचना प्रविधि (आइटी) क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन्। मन्त्री भण्डारीले यस क्षेत्रमा लगानी भित्र्याउन सरकारको सहयोग र प्रतिबद्धता व्यक्त पनि गरेका छन्।

उक्त सम्झौताले नेपाल र जापानबीच प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको संकेत गरेको र दुवै देशबीचको आर्थिक र प्राविधिक सहकार्यलाई बलियो बनाउने उनले बताए। यस किसिमको प्रत्यक्ष वैदेशिक लगानीले नेपालमा रोजगारी सिर्जना, आर्थिक वृद्धि, र प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने विश्वास पनि उनले व्यक्त गरे।

सम्झौतामा आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकनका सीईओ सतोशी सातोले हस्ताक्षर गरे। दुवै पक्षले मिलेर नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया