Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए । राष्ट्रपति पौडेलले भदौ १२ गते उनलाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए। मुलुकको प्रमुख सुरक्षा संगठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक कमान्ड सम्हाल्नेछन् ।

नेपालको संविधानअनुसार नेपाली सेनाको मुख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्नु हो। साथै, सेनाले विपद् व्यवस्थापन, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा वातावरण संरक्षण, ऐतिहासिक सम्पदाको रक्षा र आपतकालीन उद्धार जस्ता कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा छ ।

तपाईको प्रतिक्रिया