Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – भारतको कोलकातामा आयोजित इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्रीजानकी माता कोलकाताको संयुक्त आयोजनामा भारत तथा नेपालबाट छनोट भएका उत्कृष्ट व्यक्तित्वलाई अवार्ड एवं सामाजिक क्षेत्रमा योगदान दिएकालाई सम्मान अर्पण गर्दै अवार्ड सम्पन्न भएको हो ।

कोलकाताका विभिन्न नेपाली संघ संस्थाका व्यक्तित्वको आतिथ्यता रहेको तीज महोत्सव तथा अवार्ड समारोहमा स्वास्थ्य, शिक्षा, साहित्य, चलचित्र, गीतसंगीत, नृत्य, र समाजसेवालगायतका विधाहरू समेटिएको थियो । समारोहमा विनायक अस्पतालका अध्यक्ष केपी लामिछाने, ओखती नेपालका अध्यक्ष शोभाकान्त वस्यल, एचिभर्स ग्रुपका अध्यक्ष प्रदीप भुसाल, टेक्सास इन्टरनेसनल कलेज फाइनान्स डाइरेक्टर कृष्णप्रसाद दंगाल, गिनिज पब्लिक स्कुल फाइनान्स डाइरेक्टर गोविन्दप्रसाद शर्मा, समाजसेवी अब्दुल खालिफ, विनोद सिलवाल, अमरराज उप्रेती, पशुपति लामिछाने र अरुण पाण्डेलाई अवार्डसँगै सम्मान प्रदान गरिएको थियो ।

यसैगरी दूरदर्शन टिभी च्यानल भारतका पूर्व व्यवस्थापक निर्देशक देविका मोक्तान, ग्लोबल गोरखा टाइम टिभी च्यानलका इन्द्रकमल जेरू, कोलकाताका पूर्वविधायक स्मिता बक्सी, युवा समाजसेवी विनोद हुमागाईँ, साहित्यकार राधा भण्डारी, सौन्दर्यविद् विनु लिम्बु फागो, नृत्य निर्देशक वेदबहादुर बुढाथोकी (रोशन), निर्देशक तथा मोडेल प्रतिज्ञा भण्डारी, गायिका सारिका घिमिरे, टोककुमारी मगर (सरिता थापा), नृत्य निर्देशक दिलीप थापालगायतलाई पनि अवार्ड एवं सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

समारोहमा समाजसेवी केशव अधिकारी छेत्री, खेमराज बराल, बद्रीविक्रम थापा, बाबुराम दाहाल, साहित्यकार तथा संगीतकार जीवन शर्मा, संगीतकार अज्निस विश्व राईलाई सम्मान अर्पण गरिएको शिव कैलाश कला मन्दिरका अध्यक्ष नारायण रिजालले जानकारी दिए । उक्त समारोहमा कोलकाताका लागि नेपाली नायब महावाणिज्यदूत जनकराज भट्टको प्रमुख अतिथि थिए भने वरिष्ठ अभिनेत्री विपना थापा विशिष्ट अतिथिका रहेकी थिइन् ।

अध्यक्ष रिजालले उपस्थिति तथा सहयोगी संघसस्थालाई धन्यवाद ज्ञापन गर्दै नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । समारोहमा रेनुक रिजाल, रोशन बुढाथोकी, बिनी लिम्बु, प्रतिज्ञा भण्डारीलगायतले नृत्य प्रस्तुति गर्नुभएको थियो भने सारिका घिमिरे, सन्तोषी सिंह र सरिता थापामगरले गायन प्रस्तुत गरेका थिए । समारोहको संयोजन गीता आधिकारीले गरेकी हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया