Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – अन्तर्राष्ट्रिय बिहुकोट विकास मञ्चले जापानको ऐतिहासिक ठाउँ हिरोसिमा तीज कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । मञ्चले यही सेप्टेम्बर ४ तारिख बुधबारका दिन तीज कार्यक्रम रुपमा सम्पन्न गरेको हो ।

गोविन्दप्रसाद कँडेलको अध्यक्षता भएको कार्यक्रममा जापानी नागरिक ताकादा तोयोको प्रमुख अतिथि थिए । नेपाल र जापानबीचमा विविध विद्यामा उहाँहरूको टिमले विगतदेखि नै राम्रो काम गरेको संस्थाका महासचिव मेगनाथ कँडेलले बताउनुभयो। १४ जना जापानीलाई सुरुमै मायाको चिनो प्रदान गरेर तीजको औपचारिक कार्यक्रम सुरु भएको थियो ।संस्थाका कोषाध्यक्ष माया कँडेलले स्वागत मन्तव्यसहित पञ्चकन्या पूजन गरि मौलिक गीत गाएर थप रोचक बनेको थियो । महासचिव कँडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष टिकाराम कँडेलले मन्तव्य राखेका थिए भने अध्यक्ष कँडेलले मन्तव्य राखेपछि औपचारिक कार्यक्रम सकिएको थियो । पहिलो चरणको समापनसँगै दोस्रो चरणमा कार्यक्रम प्रवेश गरेको थियो ।

दोस्रो चरणमा मञ्चको कला संस्कृत विभागका उपप्रमुख प्रकाश कँडेलले प्रस्तुति दिएका थिए । कलाकारहरू काजल गुरुङ, कुलवीर थापा, प्रेम सापकोटा (सोनु)ले मनोरञ्जन दिएका थिए । सो चरणमा कार्यक्रम सञ्चालन कुलवीर थापाले गरेका थिए । उपस्थित दर्शकहरू छमछम नाच्दा माहौल तातेको थियो भने स्टेजबाट तल झरेर स्वयं थापा नाचेपछि थप रोचक बनेको थियो ।कार्यक्रम सफल बनाउन संस्थाका साथीहरु पूर्ण कँडेल, तुलसीराम कँडेल, इन्द्र कँडेल, भिम कँडेल, थानेश्वोर कँडेल लगायतका साथीहरु भौतिकरुप मै खटिनु भएको थियो भने हिरोसिमाबाट भौतिक, आर्थिक,नैतिक, सहयोग भएको थियो । जसमा मुख्य भूमिका विमल न्यौपाने, रविलाल गैरे, यामलाल कँडेल, रवि सापकोटा, नमस्ते रेस्टुरेन्टका मणिराम कँडेलको ठुलो योगदान रहेको आयोजकको भनाई छ । संस्थाका महासचिव तथा कार्यक्रम संयोजक मेगनाथ कँडेलले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

कार्यक्रममा क्यान्सर पीडित सृजना खड्काको लागि सहयोग पेटिका समेत राखिएको थियो । नेपालबाट जापान भ्रमणमा आएका अभिभावकलाई सम्मान गरेर प्रणाम पत्र वितरणसहित कार्यक्रम सकिएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया