Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको छ। जापानी येन दशको खरिद दर ९ रुपैयाँ ४२ पैसा र बिक्री दर ९ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया