Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानको सामुद्रिक सीमामा तेल र ग्यासको ठूलो भण्डार फेला परेको छ । पाकिस्तानी मिडिया हाउस डनका अनुसार साझेदार देशसँगको सहकार्यमा उक्त क्षेत्रमा तीन वर्षसम्म सर्वेक्षण गरिएको थियो । यसपछि, तेल र ग्यास भण्डारको अस्तित्व पुष्टि भएको छ ।

पाकिस्तानको सामुन्द्रिक सीमामा भेटिएको भण्डार विश्वको चौथो ठूलो तेल र ग्यास भण्डार भएको दाबी पाकिस्तानी मिडियाको छ । हाल, भेनेजुएलामा सबैभन्दा ठूलो तेल भण्डार छ, जहाँ ३४ लाख ब्यारेल तेल छ । अमेरिकासँग भएको सबैभन्दा शुद्ध भनिएको तेल भण्डार अहिलेसम्म प्रयोगमै आएको छैन ।

प्रतिवेदन अनुसार तेल वा ग्यास निकासी गर्न करिब ४२ हजार करोड लाग्ने अनुमान छ । यसका अलावा समुद्रको गहिराइबाट निकाल्न चारदेखि पाँच वर्ष लाग्नेछ । यदि अनुसन्धान सफल भए तेल तथा ग्यास निकाल्नका लागि चाहिने भौतिक पूर्वाधार निर्माणमा थप खर्च लाग्नेछ ।

पाकिस्तानका सुरक्षा अधिकारीले तेल र ग्यासको भण्डार फेला पार्नु देशको ‘ब्लु वाटर इकोनोमी’का लागि निकै राम्रो भएको बताए । समुद्री मार्ग, नयाँ बन्दरगाह र सामुद्रिक नीति मार्फत अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने कार्यलाई ब्लू इकोनोमी भनिन्छ ।

ब्लू इकोनोमीले तेल वा ग्यास मात्र उत्पादन हैन, समुन्द्रमा रहेका धेरै महत्त्वपूर्ण खनिजहरू पनि उत्खनन गर्न सकिन्छ । यसले पाकिस्तानको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया