Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबी) केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन्। उनलाई अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। तर सजाय भुक्तान नगरेपछि प्रहरीलाई पत्र पठाएपछि केसी फरार भएका थिए।

२०४८ सालमा सरकारी कागजात किर्तेको मुद्दामा दोषी ठहर भए पनि केसी धरौटीमा छुटेका थिए। कैद सजाय भने भुक्तान नगरेको खुलेपछि अदालतले उनलाई खोजी गर्न निर्देशन दिएको थियो।

केसीकी जेठी श्रीमती राधा केसीविरुद्ध साविकको रुकुम जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा चलेको थियो । उक्त मुद्दाका क्रममा केसीले सरकारी कागजात किर्ते गरी पेस गरेको पाइएपछि जेठी श्रीमती राधाकै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी केसीविरुद्ध किर्ते गरेको कसुरमा मुद्दा चलेको थियो ।

आइतबार अदालतमा उपस्थित भएपछि उनलाई तुरुन्तै कारागार चलान गरिएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया