Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – पोखरा महानगरपालिकाले जापानको होकुतो सहरसँग पर्वतीय नगरको मित्रता गाँसेको छ । विकास साझेदारी र जनसम्बन्धको आयामलाई प्रभावकारी बनाउन मित्रता गाँसेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मित्रता सम्बन्धी सम्झौतामा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चरस्थित होकुतो नगरका प्रमुख एइजी उएमुराले हस्ताक्षर गरेका छन् । मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका मेयर आचार्यले बताए ।

दुई सहरबीच विकास साझेदारी हुने उनको भनाइ थियो । ‘होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ। यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्नेछ,’ आचार्यले भने ।

प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको संगम पोखरा र होकुतोबीच कायम गरिएको मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नेमा उनी विश्वस्त छन् । सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदान प्रदानलाई महत्वका साथ अगाडी बढाउन समझदारी भएको होकुतोका प्रमुख उएमुराले बताए ।

ह्स्ताक्षर समारोहमा जापानबाट यामानासी प्रिफेक्चरका सभामुख मासाहितो उजुकी, सांसद फुजिमोतो योसिहिको, नेपाल जापान फ्रेन्डिसिप एसोसिएसनका हिरोमी इसिकावा लगायत उपस्थित थिए । पोखरा महानगरपालिकाले हालसम्म विदेशका १३ र देशभित्रमा २ वटा नगरसँग मितेरी सम्बन्ध गाँसेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया