Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

टोकियो – नेपालीहरूको बाक्लो बसोबास रहेको जापानको चिवामा हुने ‘प्रथम माचुदो-नेपाल फेष्टिवल’ २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी सेप्टेम्बर २२ तारिख आइतबारका दिन चिवा माचुदो शहरको सेन्ट्रल पार्कमा आयोजना हुने फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानी समुदायमा नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक दिने फेष्टिवलमा नेपाली तथा जापानीहरूको विविध कार्यक्रम आयोजना हुने मूल आयोजक समितिका संयोजक राजनबाबु सुवेदीले जानकारी दिए । शुक्रबार चिवाको फुनावासीमा पत्रकार सम्मेलन गरेर फेष्टिवल आयोजक समितिले हालसम्मको तयारी तथा मुख्य आकर्षण बारे जानकारी दिएको हो ।संयोजक सुवेदीका अनुसार नेपाली तथा जापानी मौलिक खाना सहितका आठवटा स्टल रहने छन् भने व्यावसायिक तथा नेपाली पर्यटन प्रवर्द्धन गर्ने थप १५ वटा स्टल रहने छन् । फेष्टिवल माचुदो शहरका मेयर तथा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीबाट संयुक्तरूपमा उद्घाटन गरिने छ । फेष्टिवलमा माचुदो शहरका विशिष्ट पदाधिकारीहरू सहित स्थानीय ख्यातिप्राप्त जापानी कलाकारहरूले प्रस्तुति दिने छन् भने नेपाली मौलिक जातीय नृत्य सहित पञ्चेबाजा लगायतका नेपाल झल्कने प्रस्तुति हुनेछ ।

पाली मण्डला, लुम्बिनी, हिमाल पहाडको सेल्फी स्थल सहित नेपाली मौलिक बाजा सारंगीसंगै फोटो खिच्न पाइने स्थानको तयारी समेत गरिएको सुवेदीले जानकारी दिए । टोकियो महानगरसँग सिमाना जोडिएको माचुदो शहर चिवा, ईवाराकी तथा साईतामा राज्यसँग पनि यातायातको सहज सुविधा रहेको सो अवसरमा जानकारी दिइएको थियो । फेष्टिवलमा नेपाली तथा जापानीहरूको उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।माचुदो शहरको समेत संयुक्त सहकार्य रहेकाले जापानी समुदायको समेत उल्लेख्य सहभागिता रहने मूल आयोजक समितिका सदस्य तथा माचुदो शहर अन्तर्राष्ट्रिय सांस्कृतिक समिति सल्लाहकार रामकृष्ण बम मल्लले जानकारी दिए । पहिलो पटक जापानीहरूसँगको सहकार्यमा आयोजना हुने फेष्टिवलमा फोहोर व्यवस्थापन, सुरक्षा तथा नेपाली सभ्यता मुख्य चुनौती रहेकाले हामीले विशेष ध्यान दिएको छ ।

करिब पचास लाख खर्च अनुमान गरिएको फेष्टिवलमा हाल जापान भरिबाट आर्थिक सहयोग जुटिरहेको संयोजक सुवेदीले जानकारी दिए । फेष्टिवललाई सफल पार्न स्वयंसेवक सहित जापानवासी नेपालीहरूमा रचनात्मक सहयोगको अपिल गरिएको छ । कार्यक्रममा फेष्टिवल मूल समिति मातहतका उपसमिति पदाधिकारीहरूले आआफ्नो तयारी बारेमा जानकारी गराएका थिए ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया