Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – उद्घाटनको भोलिपल्ट नै बागलुङ बसपार्क सुनसान देखिएको छ। व्यवसायीहरूले बाटोको खराब अवस्था र सुरक्षा समस्यालाई कारण देखाउँदै आफ्ना सवारी साधन बसपार्कमा नराखेपछि यस्तो अवस्था आएको हो। गत मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले चालक र सहचालकलाई टीका लगाएर बसपार्कको औपचारिक उद्घाटन गरेका थिए। बागलुङ नगरपालिका–४ दावगह्मा रहेको यो आधुनिक बसपार्क २३ वर्षपछि सञ्चालनमा आएको थियो तर उद्घाटनको केही समयमै सुनसान अवस्थामा रहेको छ।

व्यवसायी विष्णुराज पन्तका अनुसार असुरक्षाको कारणले गर्दा व्यवसायीहरूले बसपार्कमा आफ्ना बसहरू राख्न सकेका छैनन्। ‘बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?’ उनले आश्चर्य प्रकट गर्दै भने, ‘नगरले सुरक्षा दिनुपर्‍यो नि, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।’

बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौता प्रक्रिया अझै पूरा हुन बाँकी रहेको बताएको छ। जसले गर्दा बसपार्क सञ्चालनमा आउन केही दिन लाग्न सक्ने जनाएको छ। ‘व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुंगो लाग्छ’, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।’

 

 

 

 

तपाईको प्रतिक्रिया