Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई दोषी समाउन चेतावनी दिएका छन् । मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै पोष्ट उडाउने नभइ दोषी समाएर देखाउन आग्रह गरेका छन् ।

उनले भने, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

केही दिनअघि शाहले फेसबुकमा लेखेको स्टाटस आफैँ हटेको थियो । उनले एमालेकी बागमती प्रदेश सभा सदस्य एमालेकी प्रदेश सांसद रेखा शर्मालाई किन नसमाएको भन्दै प्रश्न गरेका थिए ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै शाहले सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई भने, ‘तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ?’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया