Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारीको रकम अपचलन प्रकरणमा नाम जोडिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले मुद्दा चलाउने तयारी गरेकाे छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा जाेडिएका लामिछानेलाई अभियुक्त बनाउँदै मुद्दा चलाउने तयारी भएको हो । यसअघि सहकारी ठगी प्रकरणमा अन्य सञ्चालक र पूर्वसञ्चालकहरूविरुद्ध मुद्दा दायर भइसकेको छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने तत्कालीन गृहमन्त्री भएका कारण लामो समयसम्म उनीमाथि अनुसन्धान अघि बढ्न सकेको थिएन।

जाहेरी परेको केही समयमै लामिछाने गृहमन्त्री भएपछि अनुसन्धान नै प्रभावित भएको थियो। गृहमन्त्रीको पदबाट बाहिरिएपछि मात्र प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो। कास्की प्रहरीले गत १० भदौमा लामिछानेसँग काठमाडौंकै प्रहरी कार्यालयमै बोलाएर सोधपुछ समेत गरेको छ।

लामिछानेसँगै पूर्व नेपाल प्रहरीका डिआइजी छविलाल जोशीसँग पनि सोधपुछ गरिएको छ। प्रहरी प्रधान कार्यालयका स्रोतका अनुसार लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ। सूर्यदर्शन सहकारी र अन्य धेरै सहकारीहरूको रकम ग्यालेक्सी टिभीमा प्रयोग भएको पाइएको छ। त्यसबेला लामिछाने टिभी कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशक थिए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया