Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज भदौ १८ गते मंगलबार तदअनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिकको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५८ पैसा पुगेको छ। युरोपियन युरोको खरिद मूल्य १४८ रुपैयाँ २६ पैसा र बिक्री मूल्य १४८ रुपैयाँ ९२ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १७५ रुपैयाँ ९८ पैसा र बिक्री दर १७६ रुपैयाँ ७६ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ५७ पैसा र बिक्री दर ९० रुपैयाँ ९८ पैसा रहेको छ।

साउदी रियालको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा छ भने, मलेसियन रिंगिटको खरिद दर ३० रुपैयाँ ७६ पैसा र बिक्री दर ३० रुपैयाँ ९० पैसा रहेको छ। त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया