समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन्। उनी ‘साउथ एसियन इकोनोमिक फोरम’ मा समूहगत छलफलमा भाग लिन आइतबार राति ११ बजे त्यसतर्फ गएका हुन्।
सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चल्नेछ। भ्रमणका क्रममा अध्यक्ष नेपालले रुसमा उच्च तहका नेताहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम पनि रहेको छ। उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे कार्यवाहक अध्यक्षको भूमिकामा रहनेछन्। अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किनेछन्।
प्रकाशित मिति: सोमबार, भाद्र १७, २०८१
प्रकाशित समय: १५:५८:४३