समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्ड घटेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । त्यसैगरी, जापानी येन दशको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।