Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गरेको भन्दै मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै नेता रावलले जनताले गरेको विरोध र आलोचनालाई बुझेर जनमुखी बन्नु पर्नेमा दमनको मार्ग अपनाउनेहरूलाई निरंकुश र स्वेच्छाचारी भनेर टिप्पणी गरेका छन्।

उनले लेखेका छन् ‘ टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो।जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी।जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो। दमनले के निम्त्याउछ, नेपालको इतिहासको फेरी अध्ययन र स्मरण गर्नु उचित हुन्छ।’

तपाईको प्रतिक्रिया