Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीज पर्व भड्किलो ढंगले नमनाउन आग्रह गरेको छ। साथसाथै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रमहरू नगर्न चेतावनी पनि दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को ख्याल गर्न भनेको छ ।

सूचनामा भनिएको छ, ‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे र गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ’। यसबारे सबैलाई जानकारी गराउन सूचनामा विशेष रूपमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया