Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको मानसास पार्कबाट बेपत्ता २८ वर्षीया नर्स ममता काफ्ले भट्टकी एक वर्षीया छोरीसँग उनकी आमा र भाइको भेट भएको छ। उनीहरु नेपालबाट आपतकालीन भिषामा अमेरिका पुगेका हुन्। अमेरिकी अध्यागमन वकिलका अनुसार छोरीसँग परिवारको भेट गराइएको छ। ममता एक महिनादेखि बेपत्ता छिन्। प्रहरीले उनका श्रीमान नरेश भट्टलाई शव लुकाएको आरोपमा थुनामा राखेको छ।

परिवारले मिडियालाई तत्कालका लागि ‘डिस्टर्ब नगर्न’ आग्रह गरेका छन्। बेला आएपछि उनीहरु आफैंले बोल्ने उल्लेख गरिएको छ। बेपत्ता नर्स ममताकी छोरीको भरणपोषणका लागि ‘गोफन्डमी’मा सहयोग अभियान थालिएको छ। सरिता न्यौपानेले सुरु गरेको अभियानमा हालसम्म २ लाख ३० हजार अमेरिकी डलर उठिसकेको छ। २ लाख ५० हजार अमेरिकी डलर जुटाउने लक्ष्य राखिएको छ।

ममता भट्ट बेपत्ता भएपछि उनको खोजी गर्न, हत्यारालाई कानुनी कठघरामा उभ्याउन र छोरीको हेरचाहका लागि जुटेको समर्थनलाई अमेरिकी प्रहरीले ‘अद्भूत’ भनेको छ। स्थानीय नेपाली समुदायले गरिरहेको दबाब कार्यक्रमलाई प्रहरीले कायम राख्न आग्रह गरेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया