Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारलाई प्रशय गर्ने रणनीति नलिएको दोहोर्‍याएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले सरकार भ्रष्टाचारीलाई जोगाउनतर्फ नलाग्ने दोहोर्‍याएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारले कसैलाई फसा भनेर समेत नभन्ने उनले दाबी गरे । ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप हो,’ प्रधानमन्त्रीले भने, ‘तपाईँहरू ढुक्कले काम गर्नुस्, यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन ।’

उनले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने पनि बताए । ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले निर्दोषलाई दोषी करार गर्नुस् भन्दैन, ढुक्कले काम गर्नुस् ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया