Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका २७ जना भारतीय नागरिकहरूको शव चितवनबाट भारततर्फ लगिँदै छ ।

उक्त दुर्घटनामा परेर २७ जनाको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएका २७ जनाको शव पोस्टमोर्टमका लागि चितवनस्थित भरतपुर अस्पताल पुर्‍याइएको थियो । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो ।

भारतको युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । मृतकहरूको शव परीक्षण भइरहेको चितवन पनि उनी शनिवार अपराह्न पुगेकी थिइन् ।चितवनबाटै भारततर्फ
दुर्घटनामा निधन भएकाहरूको शव पोस्टमोर्टमपछि चितवनबाटै भारततर्फ लैजान लागिएको अधिकारीहरूले बताएका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेलका अनुसार अस्पतलामा शवहरू बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरू आएका थिए । त्यसपछि ती शवहरूलाई चितवन विमानस्थलमा पुर्‍याइएको थियो ।

शवहरू लिनका लागि भारतीय वायु सेनाको विमान चितवनमा आइसकेको छ । सोही विमानमा राखेर शवहरू पठाउन लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवले अधिकांश मृतक महाराष्ट्रका रहेकाले उक्त विमान महाराष्ट्रको नासिक सहरमा अवतरण गर्ने जानकारी आफूले पाएको बताए ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले उक्त दुर्घटनाबारे भनेका छन्, ‘हिजो जुन दुखद घटना भयो, त्यसको बारेमा मैले रक्षा मन्त्रालयसँग कुरा गरेको छु । स्वयं गृहमन्त्रीले मानिसलाई मद्दत गर्नका लागि एक जना नोडल अफिसर नियुक्त गर्नुभएको छ ।’

अधिकारीहरूले दिएको जानकारी अनुसार २७ मध्ये २५ वटा शवहरू उक्त विमानबाट पठाइने छ भने बसका चालक र सहचालकको शव भने गाडीबाट भारतको गोरखपुरतिर पठाइने छ । उनीहरू गोरखपुर निवासी भएकाले गाडीबाट त्यता पठाइन लागेको हो ।

तपाईको प्रतिक्रिया