Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेपालको प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदार जाइका नेपालको नयाँ प्रमुख प्रतिनिधिका रूपमा मात्सुजाकी मिजुकी आएका छन् । काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबिच उनलाई नेपालमा स्वागत गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वागतलगत्तै उनले नेपालसँग आफ्नो पुरानो निकटता रहेको बताए । जाइका नेपालको प्रमुख प्रतिनिधिका रूपमा नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्न आतुर रहेको उनले प्रस्ट पारे । उनले भने, ‘नेपालमा रहँदा यहाँको विकास र समृद्धिलाई बढावा दिने जाइकाको उद्देश्य अनुसार विकासको लक्ष्य हासिल गर्न नेपाली जनता र सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहने छु ।’

यस वर्ष जापानको विकास सहायता विस्तारको ६० औँ वर्षगाँठ मनाइँदै छ । थप विकास प्रयासलाई निरन्तरता दिँदै कोसेढुङ्गामा परिणत गर्ने विश्वास पनि उनले सो क्रममा व्यक्त गरे । फिलिपिन्स, अफ्रिकालगायतका देशको विकास तथा जापानको विभिन्न मन्त्रालयमा समेत लामो अनुभव रहेको उनले आफ्नो अनुभवलाई नेपालमा उपयोग गर्दै दुई देशको सम्बन्धलाई उचाइमा पु¥याउन सघाउने प्रस्ट्याए ।

सो क्रममा नेपालबाट बिदाइ भएर फर्कन लाग्नुभएका निवर्तमान प्रमुख ओकुबो अकिमित्सुले नेपालमा रहँदाको अनुभव साटेका थिए । उनले नेपाल सुन्दर र सांस्कृतिक सम्पदाले भरपूर देश रहेको स्मरण गरे । नेपालमा रहँदाको अनुभवको राम्रा पक्षलाई आफ्नो देशमा लागु गर्न पहल गर्ने ओकुबोको भनाई छ ।

तपाईको प्रतिक्रिया