Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन्। सफलले बिहीबार डा. राणालाई नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै उजुरी दर्ता गरेका हुन्।

उनले उजुरीमा डा. राणाले आफूमाथि लागेको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा रहन नमिल्ने भन्दै नैतिकताको आधारमा राजीनामा दिन र तत्काल अनुसन्धान गर्न अख्तियारलाई आग्रह गरेका छन्।

उजुरीमा भनिएको छ- ‘परराष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ । मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हुँदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाइ नपाउँदा सम्म उहाँले नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन । तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु ।’

 

तपाईको प्रतिक्रिया