पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण
समाचार सुन्नुहोस :
काठमाडौँ – आज बिहानदेखि मौसम प्रतिकूल भएकाले पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान भैरहवामा डाइभर्ट गरिएको छ। उक्त विमान पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौं उडेको थियो तर मौसम खराब भएकाले अवतरण गर्न नसक्दा भैरहवा डाइभर्ट गरिएको हो।
बुद्ध एयरको उडान नम्बर ६६४ एयर अटिआर ७२ जहाज काठमाडौंका लागि उडेको भए पनि भैरहवामा अवतरण गरिएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन्। यात्रुहरूलाई अहिले भैरहवा विमानस्थलमा राखिएको छ र काठमाडौंको मौसम सुधार भएपछि उडान हुने जानकारी दिइएको छ।
बुधबार बिहान ७:२५ बजे उड्नुपर्ने जहाज मौसम खराबीका कारण सवा ९ बजे मात्र काठमाडौंका लागि उडेको थियो। तर, काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेपछि करिब २० मिनेट आकाशमा घुमेपछि जहाज भैरहवामा अवतरण गरिएको हो।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।