Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

टोकियो – नेपालीहरूको बाक्लो बसोबास रहेको जापानको चिवा क्षेत्रमा हुने ‘प्रथम माचुदो नेपाल फेष्टिवल’ २०२४ को तयारी तीव्र पारिएको छ । आगामी सेप्टेम्बर २२ तारिख आइतबार चिवाको माचुदो शहरमा हुने फेष्टिवलको तयारी तीव्र पारिएको हो ।

गैर आवासीय नेपाली संघ चिवा क्षेत्रीय समिति प्रमुख आयोजना रहेको फेष्टिवलको तयारी स्वरूप मंगलबार सरोकारवालाबीच छलफल सम्पन्न भएको छ । छलफलमा जापानका लागी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, माचुदो नगरका मेयर होन्गोया केन्जी, माचुदो अन्तर्राष्ट्रिय एक्सचेन्ज एसोसिएसनका प्रमुख-उपप्रमुख, गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नविन निउरे, फेष्टिवल संयोजक राजन बाबु सुवेदी, आर्थिक संयोजक मुक्ति रेग्मी, गैर आवासीय नेपाली संघ चिवा समितिका सचिव मोहन कार्की, माचुदो अन्तर्राष्ट्रिय सांस्कृतिक दूत (सर्जक/ गायक) रामकृष्ण बम मल्ललगायतको सहभागिता रहेको थियो ।

औपचारिक रूपमा सम्पन्न छलफलमा राजदूत सुवेदीले माचुदो मेयरलाई नेपाली ढाका टोपी, घरबुनुवा गलबन्दी र पाल्पाली करुवा प्रदान गरेर सम्मान गरेका थिए भने मेयरले पनि राजदूतलाई मायाको चिनो प्रदान गरेका छन् । सो क्रममा राजदूत र मेयरसहित उपस्थितबिच फेष्टिवलको विविध विषयमा दुई पक्षीय छलफल सम्पन्न भएको थियो ।छलफलले पहिलो पटक चिवामा आयोजना गरिएको ‘माचुदो नेपाल फेष्टिवल’ सम्पन्न गर्न थप ऊर्जा र हौसला मिलेको चिवाबासी सर्जक बम मल्लले जानकारी दिए । उनी माचुदो अन्तर्राष्ट्रिय सांस्कृतिक दूतको रूपमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल र नेपाली कला संस्कृतिलाई जापानी समुदाय माझ परिचित गराउँदै आएका छन् ।

फेष्टिवल आयोजनामा नेपाली राजदूतावास जापान, माचुदो सिटी, माचुदो अन्तर्राष्ट्रिय एक्सचेन्ज एसोसिएसन, उद्योग वाणिज्य संघ माचुदोले सहकार्यमा गरेका छन् । टोकियो महानगरसँग जोडिएको माचुदो नगरभित्र हाल २० हजारको संख्यामा विदेशी नागरिकहरूको बसोबास रहेको छ । जसमध्ये २ हजार नेपाली समुदायको बसोबास रहेको छ ।

एकदिवसीय फेष्टिवलमा नेपालको कला संस्कृति प्रदर्शनी, नेपाली परिकारका स्टलसहित विभिन्न कार्यक्रमहरू गरी जापानीहरूमा नेपालबारे जानकारी गराइने तयारी छ ।

तपाईको प्रतिक्रिया