Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

टोकियो – जापान रेमिट फाईनान्स (जेआरेफ) ले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलका विजेता रवि ओडलाई ब्राण्ड एम्बेसडरमा नियुक्ति गरेको छ ।

रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिट्यान्स सेवामा थप प्रवर्धन हुने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
ब्राण्ड एम्बेसडर नियुक्तिको एक कार्यक्रममा जापान रेमिट फाईनान्सका म्यानेजर ऋषी आचार्यले रेमिट्यान्स सेवालाई सबै नेपालीमाझ सरल, सहज र पहुँचयोग्य बनाउने लक्ष्यलाई प्रवर्द्धन गर्नका निम्ति रवि ओडसंग साझेदारी गर्न पाउँदा आफुहरु निकै उत्साहित भएको बताए । उनले भने -‘रवि ओड धेरैको मन मस्तिष्कमा बस्न सफल भएका लोकप्रिय गायक हुन् र हामीलाई विश्वास छ कि उनीसंगको यो साझेदारीले हाम्रो ब्यवसायिक प्रबर्द्धनमा उल्लेखनीय योगदान पुग्नेछ र हाम्रो सेवालाई अझै र्सबसुलभ र लोकप्रिय बन्नेमा हामी बिस्वस्त छौं ।’
यसैगरी जेआरएफका लागि नवनियुक्त ब्राण्ड एम्बेसडर रवि ओडले पनि आफू जापानको प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग जोडिएर ब्राण्ड एम्बेसडर हुन पाएकोमा निकै खुशी लागेको बताए । उनले भने – ‘मैले यस कम्पनीका लागी सक्दो तनमन लगाएर जापानमा रहेका सम्पूर्ण नेपाली र नेपालबाट जापान आउने नयाँ नेपालीहरुलाई जापान रेमिट फाईनान्सबाटै रेमिट्यान्स गरौं भन्ने सन्देश प्रवाह गर्दै कम्पनीको ब्यवसायिक प्रवर्धनमा जोड दिने छु ।’

गायक ओडले जापान रेमिट्यान्स मार्फत जापानमा रहेका समस्त नेपालीहरु समक्ष यसरी जोडिन पाउँदा आफूलाई निकै सौभाग्यशाली ठानेको पनि बताए ।

विगत लामो समयदेखि जापान रेमिट फाईनान्स (जेआरएफ) ले जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउने सेवा प्रवाह गर्दै आईरहेको छ । सन् २०१२ बाट सञ्चालनमा आएको जेआरएफले विश्वका १ सय ६४ मुलुकमा पैसा पठाउने सेवा दिदैं आईरहेको छ ।

उक्त कम्पनीका म्यानेजर आचार्यका अनुसार विगत १२ वर्षदेखि विभिन्न मुलुकका सेवाग्राहीलाई जापानदेखि उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको र रेमिट्यान्स सेवालाई अझ सहज ढंगले छिटो र भरपर्दो बनाउनका लागि जेआरएफ कार्ड पनि लञ्च गर्दै आईरहेको छ । जसअनुसार जेआरएफको इको कार्ड र जेआरएफ ब्ल्याक कार्ड सेवाग्राहीले अत्याधिक मात्रामा रुचाउदै आएकाछन् ।

पछिल्लो समय जापान रेमिट फाईनान्सको मोबाईल एप्लिकेशन जेआरएफ वालेटबाट झनै सबै सेवा घरमै बसी बसी गर्न सकिने भएकोले सबैको रोजाईमा पर्न सफल भएको उक्त कम्पनीले जनाएको छ । मोबाईल एप्लिकेशनबाट नेपालमा इसेवा, खल्ती पे, आईएमई पो, प्रभु पे मा उच्च विनिमयदरमा सहजै पैसा पठाउन मिल्ने भएको हुदाँ सेवाग्राहीलाई निकै सहज भएको बताईन्छ ।

जेआरएफको मोबाईल एप्लिकेशन (मोबाइल वालेट) बाट पैसा पठाउन र पैसा झिक्न पनि मिल्नुका साथै वालेट मार्फत जापानको बैंकहरुमा पनि डोमेस्टिक बैंकिङ् कारोबार गर्न पनि सकिने उक्त कम्पनीले जनाएको छ ।***
https://youtu.be/10quwbMN5tI

तपाईको प्रतिक्रिया