Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले युवालाई झुक्याएको भन्दै दाङका ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन्। सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका युवाहरूले पार्टी त्यागेको घोषणा गरेका छन्। उनीहरुले मुलुकका युवालाई झुक्याएर राष्ट्रवादको नारा फ्याँक्दै स्ट्न्टबाजीलाई बढवा दिँदै युवालाई अल्मल्याएको आरोप लगाएका छन्।

दाङको क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीले सभापति लामिछानेले युवाहरूलाई भ्रममा पारेर पार्टीमा टिकाउन खोजेको आरोप लगाए। उनले रास्वपामा पनि पुराना पार्टीहरूमा झैं नातावाद र कृपावादको प्रभाव देखिएको बताए। सभापति लामिछानेविरुद्ध विभिन्न आरोपहरू लागेपछि नैतिकताले पनि पार्टीमा रहन मन नलागेको उनले जनाए। देशको विकासका लागि पार्टी आवश्यक नपर्ने भन्दै उनले युवाहरूलाई स्वतन्त्र रहन सल्लाह दिए।

रास्वपाको स्थापना कालदेखि सदस्य रहेका दाङको क्षेत्र नम्बर ३ का सभापति मेघराज केसी, विभिन्न क्षेत्रीय सदस्य, साथै घोराही र तुलसीपुर उपमहानगरपालिकाका समितिका पदाधिकारी र सदस्यहरूले पनि पार्टी परित्याग गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया