Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

टोकियो – जापानको अर्थतन्त्रमा सुधार देखिएको छ । वर्षको सुरुमा खुम्चिएको अर्थतन्त्र उपभोक्ता खपतमा भएको वृद्धिका कारण दोस्रो त्रैमासमा वार्षिक ३ दशमलव १ प्रतिशतले बढेको छ ।

योसँगै निकट भविष्यमा त्यहाँको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे)का लागि अर्को ब्याजदर वृद्धिको बाटो खुलेको छ । सुदृढ आर्थिक पुनः बहालीले मुद्रास्फीति बैंकको २ प्रतिशतको लक्ष्यमा झर्न मद्दत मिल्ने बीओजेले बताएको थियो ।

समीक्षा अवधिमा अर्थतन्त्र २ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । यस वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले खुम्चिएको थियो ।

तपाईको प्रतिक्रिया