Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँदैछन् भन्ने हल्लामात्रै भएको बताएका छन् । पार्टी कार्यालयमा जारी स्थायी कमिटी बैठकपछि संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसकेको पनि बताए । ‘यो सरकारका बारेमा मैले संसद्मै बोल्ने तयारी गरेको छु,’ अध्यक्ष प्रचण्डले भने, ‘पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।’

तपाईको प्रतिक्रिया