Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडाैं – युट्युबमा हेरिने राम्रा र सही भिडियोले हाम्रो ज्ञान, जानकारी र सिकाइलाई धेरै प्रभाव पारेको हुन्छ । त्यसैले युट्युबमा के हेर्ने र के नहेर्ने भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । हामीले सही कुरा हेर्‍यौँ भने सही कुरा नै पाउँछौँ ।

तर, कहिलेकाँकी त्यहाँ हेरिने भिडियाेले हाम्राे जीवन सखाप पनि पार्नसक्छ । यसकाे उदाहरणका लागि भारतमा हालै घटेकाे घटनाका बारेमा यहाँ जानारी दिदैछाैं । बिहारकाे मुजफ्फरपुरमा केहीदिनअघि एउटा अचम्मको घटना घट्याे । गाईघाट थाना क्षेत्रको बोरिडीह पञ्चायतको मुन्नी कल्याण गाउँमा केही बालबालिका युट्युबमा भिडियो हेरेर बम बनाउन खोजिरहेका थिए ।

बालबालिका युट्युब मार्फत बम बनाउन सिक्दै गर्दा दुर्घटनावश विस्फोट हुँदा पाँच बालबालिका घाइते भएका छन् । ती बालबालिकाले सलाईबाट बारूद निकालेर टर्चमा राखेका थिए, जुन अन गर्ने बित्तिकै विस्फोट भयो । विस्फोटमा परी पाँच बालबालिका जलेका थिए । घाइते सबै बालबालिकालाई गाईघाट सीएचसीमा भर्ना गरिएको थियाे । घाइते तीन जना बालबालिका दाजुभाइ हुन् ।

घाइते हुनेमा रणवीर राईका ८ वर्षीय छोरा लवकुमार, ५ वर्षीय कुश कुमार, कमलेश राईका छोरा जयदीप कुमार, फूलबाबु राईका ६ वर्षीय छोरा अभियांशु कुमार र गुड्डु कुमार रहेका छन् । घाइतेमध्ये बलवीर कुमारले सबैलाई मैदानमा लगेका थिए । त्यसपछि उनले बम फाेडाैं भने । त्यसपछि बारूद निकालेर सलाईको बक्समा भरे । त्यसपछि बालबिरले सबैलाई शिर झुकाएर सलाइको काटीले सुकेको घाँसको सानो थुप्रोमा आगो लगाउन भने । तर, बम नफुटेपछि उनले सबै बालबालिकाले फुक्न भने । त्यसपछि सबै फुक्न लागे र घाँसको थुप्रोमा विष्फोट भयो ।

प्रहरी वरिष्ठ उपरीक्षक राकेश कुमारले युट्युबमा भिडियो हेरेपछि बालबालिकाले यस्तो कदम चालेको बताएका छन् । युट्युबमा हेरेपछि पाँचजना बालबालिकाले सलाईबाट बारूद निकालेर टर्चमा भरे । उनीहरु पटाका बनाउन खोजिरहेका थिए । यसै क्रममा ठूलो विस्फोट भएको थियो । घटना गत मंगलबार साँझ ६ बजे भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया