Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई आगामी भदौ महिनाभरि नबोल्न सुझाव दिएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई भदौभर काममा ध्यान दिन र कम बोल्न आग्रह गरेका हुन्।

“प्रधानमन्त्री र मन्त्रीज्यूहरू तपाईंहरूले बोल्नुभयो । साउन महिना छ, व्रत सकियो । अब तपाईंहरूले नबोल्ने व्रत लिइदिनुस्, भदौ महिनाभर नबोलिदिनुस्,” उनले भने, “बोल्ने ठाउँमा हुँदा बोल्ने काम गर्नुभयो, अब काम गर्ने ठाउँमा हुँदा काम गरिदिनुस् ।”

थापाले मन्त्रीहरूलाई भदौभर काममा फोकस गर्न र आफूहरूले त्यसबारेमा बोल्ने प्रतिवद्धता जनाए। उनले थपे, “तपाईंहरूले भदौभर काम गर्नुस्, हामी बोल्नेछौं। कुनै अन्तर्वार्ता नदिई, भाषण नगरी बस्नुहोस्। प्रधानमन्त्रीले पनि भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ भनेर नभन्नुस्। प्रधानमन्त्रीलाई भ्रष्टाचार रोक्नुपर्ने हुन्छ, त्यसैले यो कुरा दोहोर्याउन आवश्यक छैन।”

महामन्त्री थापाले मन्त्रीहरूलाई काममा मात्र ध्यान दिएर प्रचारको जिम्मा आफूहरूले लिने र सांसद संख्याको आधारमा सरकारलाई दबाब दिने उल्लेख गरे। साथै, उनले मन्त्रीहरूलाई अनावश्यक बोलचाल गरेर आफ्नो कद नघटाउन सुझाव दिए।

 

 

 

तपाईको प्रतिक्रिया