Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको साधारणसभा तथा दोस्रो क्षेत्रीय भेला नागोयामा हुने भएको छ । साधारणसभा तथा क्षेत्रीय भेला आउँदो सेप्टेम्बर ८ तारिखका दिन हुने तय भएको हो ।

मोना जापानको आयोजना तथा क्षेत्रीय समिति नागोयाको व्यवस्थापन तथा अन्य क्षेत्रीय समितिहरूको सहआयोजनामा नागोयामा हुने कार्यक्रमको तयारीलाई तिब्र पारिएको छ । साधारणसभा तथा क्षेत्रीय भेलामा जापानमा रहनुभएका सम्पूर्ण म्याग्देलीहरुलाई सहभागीताका लागि आह्वान गरिएको मोना जापानका महासचिव सागर कार्कीले जानकारी दिए । साधारण सभामा मोनाको गतिविधि र आगामी कार्य योजना बारे गहन समीक्षा एवं छलफल  समेत गरिने बताईएको छ ।

मोना जापानले गृह जिल्लामा बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ भने जापानमा अप्ठेरोमा परेका म्याग्देलीहरुलाई समेत सहयोग गर्दै आएको छ । पछिल्लो पटक मोना जापानले टोकियोमा आयोजना गरेको मोना फेस्टिभलले जापानमा रहेका नेपाली र जापानी समुदायमा समेत थप परिचित गराएको छ । ***

तपाईको प्रतिक्रिया