समाचार सुन्नुहोस :
काठमाडौँ – आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजे देखि दिउँसो १२ बजे सम्म १ लाख १५ हजार भक्तजनले दर्शन गरेका छन्। दर्शनार्थीहरूको भीड बढेकाले सुरक्षा व्यवस्थापन र स्वयम्सेवक परिचालन गरिएको छ।
साउनको अन्तिम सोमबार भएकाले विशेषगरी बोलबम यात्रा गर्ने भक्तजनहरूको संख्यामा वृद्धि भएको हो। काठमाडौँ उपत्यकाका शिवालयहरू र देशभरका महादेव मन्दिरहरूमा पनि भक्तजनहरूको भीड देखिएको छ।