Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन् । प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज देखिएका छन् ।

राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको बीबीसीले उल्लेख गरेको छ । केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको जस्तो देखिन्छ ।

सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।

तर आन्दोलन रोकिएन । पछिल्लो दिन प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो । हिंसात्मक आन्दोलनका क्रममा आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया