Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं – जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा फ्रान्सले इजिप्टसँग र मोरक्कोले र स्पेनसँग खेल्ने छन् । सेमिफाइनलका खेलहरू सोमबार हुने छन् ।

क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा खेलको पाँचौँ मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो र सोही गोल खेलको निर्णायक गोल बनेको थियो । खेल सकिएपछि फ्रान्स र अर्जेन्टिनाका खेलाडी र अफिसियलबीच भएको घम्साघम्सी अहिले निकै चर्चामा रहेको छ ।

अर्को खेलमा इजिप्टले पराग्वेलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । स्पेनले जापानलाई ३-० ले र मोरक्कोले अमेरिकालाई ४-० ले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया