Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – एसिसी महिला टी-२० एसिया कपको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको छ । एसिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । यसअघि खेलेको दुई संस्करणमा नेपालले जितको खाता खेल्न सकेको थिएन । नवौँ संस्करणको उद्घाटन खेलमा यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर सम्झना उत्कृष्ट ब्याटिङ गरिन् । उनले ४५ बलमा ११ चौकासहित अविजित ७२ रनको इनिङ खेलिन् बनाइन् । अन्तर्राष्ट्रिय करियरमा सम्झनाको यो करियरकै उत्कृष्ट पारी हो ।

यस्तै, रुबिना क्षेत्रीले ८ बलमा एक चौकासहित १० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । यूएईका लागि कविशा इगोडाजेले ४ ओभरमा एक मेडनसहित १२ रन दिएर सर्वाधिक तीन विकेट लिइन् ।

त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो ।

यूएईका लागि खुशी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे । नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् ।

उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईले एक/एक विकेट लिए । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ । नेपालले अब दोस्रो खेलमा आइतबार पाकिस्तानसँग खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया