Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन १८, २०८१
Friday, August 2, 2024

काठमाडौं – नेपालीको खाद्यवस्तुसहित उपभोगको प्रवृत्तिमा सुधार आइरहेको तस्वीर देखिएको छ । ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८०’को नतिजाले नेपालीको जीवनस्तर उक्लिएको देखाएको हो ।

पहिलो जीवनस्तर सर्वेक्षण करीब तीन दशकअघि २०५२/५३ सालमा गरिएको थियो । दोस्रो सर्वेक्षण २०६०/६१ साल र तेस्रो सर्वेक्षण २०६६/६७ सालमा भएको थियो । १२ वर्षपछि गरिएको ताजा सर्वेक्षणले यो अवधिमा नेपालीको जीवनस्तरमा आएको बदलावको तथ्यांक प्रस्तुत गरेको छ । यो अवधिमा नेपालमा गरीबीको रेखामुनि बाँच्न बाध्य जनसंख्या घटेको र जीवनस्तरमा सुधार आएको सर्वेक्षणको प्रतिवेदनले उल्लेख गरेको छ ।

अहिले कुल जनसंख्याको २०.२७ प्रतिशत अर्थात् पाँच जनामध्ये एक जना मात्रै गरीब छन् । १२ वर्षअघि २५.२ प्रतिशत अर्थात् चार जनामध्ये एक जना नेपाली गरीबीको रेखामुनि थिए । त्यसअघि २०५२/५३ मा त ४१.८ प्रतिशत जनता गरीबीको रेखामुनि थिए । अर्थात्, त्यति बेला १०० नेपालीमध्ये ४२ जना गरीबीमा बाँच्थे ।

सर्वेक्षणले शहरमा भन्दा गाउँमा गरीबी बढी देखाएको छ । शहरमा १८.३४ प्रतिशत गरीब रहेकोमा गाउँमा २४.६६ प्रतिशत गरीब छन् । १२ वर्षको अवधिमा गरीबीको रेखामुनि रहेको जनसंख्या झन्डै पाँच प्रतिशत बिन्दुले घटेको नयाँ सर्वेक्षणले देखाए पनि सरकारी अधिकारीहरूले नै यो सुधार पर्याप्त नभएको बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले २०७२ को भूकम्प तथा कोभिड-१९ महामारीका कारण कम्तीमा चार प्रतिशत नेपाली गरीबीको रेखामुनि धकेलिएकाले गरीबी दर २० प्रतिशत नाघेको बताए । गरीबी दर घट्नुमा सरकारका गरीब लक्ष्यित कार्यक्रमका अतिरिक्त रेमिटेन्सले योगदान दिएको उनको भनाई छ ।

गरीबी घटाउनमा अपेक्षित सफलता प्राप्त नभए पनि ताजा सर्वेक्षणले नेपालीको उपभोगको प्रवृत्तिमा ठूलो सुधार आएको देखाएको छ । खासगरी, शहरी क्षेत्रमा ठूलो परिवर्तन देखिएको छ । २०६६÷६७ सालमा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९०२ रुपैयाँ (अहिलेको मूल्यमा) भएकोमा यो रकम २०७९/८० मा एक लाख २६ हजार १७२ रुपैयाँ पुगेको छ । अर्थात्, १२ वर्षअघि दैनिक एक जनाले उपभोगमा २०८ खर्च गर्ने गरेकोमा अहिले ३४६ रुपैयाँ खर्च गर्ने देखिएको छ । यो ६६ प्रतिशतको वृद्धि हो । व्यक्तिको उपभोगमा हुने खर्च बढ्नुको अर्थ उसको जीवनस्तरमा सुधार देखिनु हो ।

धनीको मात्रै होइन, गरीबको उपभोग गर्ने क्षमता पनि बढेको सर्वेक्षणले देखाएको छ । १२ वर्षअघि गरीब १० प्रतिशतले सरदरमा हरेक दिन ७० (अहिलेको मूल्यमा)को उपभोग गर्ने गरेकोमा अहिले हरेक दिन सोही समूहले १३३ को उपभोग गर्छ । यो ९० प्रतिशतको वृद्धि हो । यसले गरीब नै भए पनि उपभोगको सामथ्र्य बढेको देखाउँछ ।

१२ वर्षअघि ७० प्रतिशतको घरमा मात्रै विद्युत् सुविधा रहेकोमा अहिले ९४ प्रतिशतको घरमा यो सुविधा पुगेको सर्वेक्षणले देखाएको छ । त्यसैगरी, सबैभन्दा नजिकको सार्वजनिक अस्पतालको दूरी सरदरमा ९.३ किमीमा ओर्लिएको छ । यो यसअघि १३.९ किमी थियो ।

यसअघि सरदरमा घरपरिवारहरूको सबैभन्दा नजिकको पक्की सडक १४ किमी दूरीमा मात्रै रहेकोमा अहिले यो ४.१६ किमीमा आइपुगेको छ । यसले सडक, अस्पताल जस्ता सुविधा नजिकिइरहेको देखाएको छ ।

तपाईको प्रतिक्रिया