Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – काठमाडौंको तार्केश्वर-९, मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जनालाई जेल चलान गरिएको छ । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना मध्ये ६ जनालाई आज जेल चलान गरिएको हो ।

एक जना भने १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ । हत्या आरोपमा भक्तपुरको चाँगुनारायण-१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया काकर्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका-४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङलाई कारागार पठाइएको छ ।

त्यस्तै सिन्धुपाचोकको इन्द्रावती गाउँपालिका-१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङलाई पुर्पक्षका लागि अदालतले आदेश दिएसँगै कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यसैगरी १७ वर्ष मात्रै पूरा भएकी अर्की एक किशोरीलाई भने बाल सुधार गृहमा पठाइएको छ ।

१३ वर्षका अर्का एक बालकलाई परिवारको जिम्मा लगाउन आदेश आएकाले परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । खोटाङको मझुवागढी घर भएका ट्राफिक घिमिरेको ३ जेठमा हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया