शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

टोकियो – जापान कुनै पनि समय अस्थिर मुद्रा चालहरू विरुद्ध उपयुक्त कदम चाल्न तयार रहेको देशको शीर्ष मुद्रा कूटनीतिज्ञले बताएका छन् । अन्तर्राष्ट्रिय मामिलाका लागि उपअर्थमन्त्री मासातो कान्डाले यस्तो बताएका हुन् ।

येन अमेरिकी डलरको तुलनामा १६० रेखाको नजिक पुगेको छ । येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने उनको चेतावनी छ । येन सोमवार प्रारम्भिक व्यापारमा प्रतिअमेरिकी डलर १५९ दशमलव ९४ मा कमजोर भयो । यो अप्रिल २९ पछिको सबैभन्दा कम हो ।

कान्डाले डलरको तुलनामा येनको मूल्य १६० मा आएको गिरावटले येन खरिद गर्ने, डलर बेच्ने कार्यको अर्को चरण आउन सक्ने भन्दै बजारमा सतर्कता बढाएको बताए ।

तपाईको प्रतिक्रिया