बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – यस्तो लाग्छ, तीन वर्षअघि आफैँले गाएको चर्चित गीत ‘सोचेझैँ जिन्दगी रैनछ’ उनी आफ्नै लागि लेखिएको थियो । आफ्नै विरह गाइएको थियो । नभन्दै यो गीत दुरुस्तै गायिका मधु क्षेत्रीसँग मिल्न गएको छ ।

यतिबेला उनै चर्चित गायिका मधु क्षेत्रीलाई आफैँले गाएको गीत आफ्नै लागि मिल्न गएको महसुस हुँदैछ । उनका फ्यान तथा धेरै स्रोत दर्शकले समेत त्यही टिप्पणी गर्न थालेका छन् । किनभने छ महिनाअघि संगीतसँग सम्बन्ध विच्छेद गरेर अस्ट्रेलिया गएकी यी चर्चित गायिका मधु क्षेत्रीको दोस्रो वैवाहिक सम्बन्ध पनि धरापमा परेको छ ।

पतिबाट घरेलु हिंसा भोगिरहेको उनी आफैँले खुलासा गरेकी छिन् । उनी स्थायी बसोबास गर्ने उद्देश्य लिएर अस्ट्रेलिया पुगेकी थिइन् । उनले टिकटक लाइभमा आएर पतिसँग सम्बन्ध राम्रो नभएको खुलासा मात्र गरिन् । मधु अहिले गर्भवती छिन् ।

मधुले रुँदै मध्यरात लाइभमा आएर आफूलाई पतिले कुट्ने गरेको समेत सुनाइन् । उनले आक्रोशित हुँदै भनेकी छिन्, ‘उसको दाइले पनि पेटेको बच्चा उसको भाइको होइन भन्छ रे । म देखाउँछु कसको हो ? मलाई पनि उसले ह्यारेसमेन्ट गरेको थियो ।’

घर परिवारकै कारण आफ्नो पतिले आफूलाई हेला गरेको मधुको गुनासो छ । वर्ष दिनअघि बिहे गरेकी उनी ६ महिनाअघि अस्ट्रेलिया गएकी हुन् । पहिला मधु अस्ट्रेलियामा पति सुरेश खड्कासँगै बस्थिन् । अस्ट्रेलिया पुगेको ४ महिनामै आफूलाई छोडेको उनले बताएकी छिन् ।

अहिले अस्ट्रेलियामा सुरेशको पहिलो पत्नीबाट भएको छोरा, दाइ भाउजू र दाइकी छोरी समेत छिन् । मधुकी छोरी पनि १७ वर्षकी भइसकिन् । आफ्नी छोरी राती ११ बजे घर फर्कने बेलामा पति सुरेशले लिन नगएको समेत मधुले गुनासो गरेकी छिन् । ‘मध्यराती कालेहरू हिँड्ने बाटोमा मेरी जवान छोरी एक्लै हिँड्दै घर आउँछिन् । तर उ लिन जाँदैन,’ उनले भनिन्, ‘कस्तो माया नलागेको । दाइकी छोरी लिन जाँदोरेछ । मेरी छोरीले देख्छे भनेर गाडी पनि पर राख्दोरेछ ।’

पहिलो बिहे असफल भएपछि लामो समय सिङ्गल बसेकी मधुले गतवर्ष दोस्रो बिहे गरेकी थिइन् । मधुले धेरै अन्तरवार्तामा आफूहरुबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन अन्तरवार्ताहरू दिएकी छन् । धेरैले सोचेका पनि थिएनन्, उनीहरूको सम्बन्ध छिट्टै दरार आउनेछ ।

तपाईको प्रतिक्रिया