शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024

काठमाडौं – लोकप्रिय गायिका मञ्जु पौडेलको नयाँ गीत ‘विचार गर छुनलाई…’ सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको लय शब्द रहेको गीतको ‘मञ्जु पौडेल’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा मञ्जुलाई आवाजमा गायक प्रताप दासले साथ दिएका छन् । लामो समयपछि ‘विचार गर छुनलाई…’ ल्याउँदै उनले कमब्याक गरेकी छन् । हत्तपत्त गीत नल्याउने, ल्याएपछि बजार तताउने मञ्जुको विशेषता नै हो ।

पछिल्लो युवा पुस्तालाई मध्यनजर गर्दै ल्याइएको गीतले माया प्रेम गरेपछि एकअर्कालाई धोका दिन नहुने सन्देश दिन खोजिएको छ । सन्देशमूलक प्रेमिल शब्द, मिठो स्वर, जीवन्त अभिनय र राम्रो सम्पादनका कारण गीत लोकप्रिय भएको दर्शकहरूको प्रतिक्रिया छ ।

कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा गायक प्रतापसँगै गायिका मञ्जुकी छोरी स्नेहा पौडेलको अभिनय रहेको छ । भिडियोलाई नवीन घर्तिमगरले सम्पादन गरेका छन् । गीतले छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

मञ्जुले यसअघि पनि सयौँ गीतमा स्वर दिएकी छिन भने धेरै गीत लोकप्रिय छन् । गायनसँगै प्रभावकारी स्टेज उद्घोषिका समेत रहेकी मञ्जुलाई स्टेज क्विन पनि भन्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया