Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – आइसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण मैदान भिजेका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बिहान ५ः१५ देखि सुरु हुने पूर्वनिर्धारित तालिका थियो । तर, फेरि पानी पर्न थालेपछि टस नहुँदै खेल रद्द भएको हो ।

योसँगै दुवै टिमले एक/एक अंक बाँडे । खेल रद्द भएपछि श्रीलंकाको सुपर एट सम्भावना सकिएको छ । ऊ पहिलो र दोस्रो खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भयो । श्रीलंकाले अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । उक्त खेलमा जित निकाले पनि ऊ सुपर एटमा पुग्ने छैन ।

दोस्रो चरणमा पुग्ने नेपालको सम्भावना भने कायमै छ । नेपालले अब सुपर एटमा स्थान बनाउन बाँकी दुईवटै खेलमा जित निकाल्नुपर्नेछ । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया