मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – नेपालमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘फर्की फर्की’ जापानमा रेड कार्पेटसहित प्रदर्शन गरिएको छ। आइतबार (जून ९) साँझ टोकियोमा आयोजित प्रदर्शनीमा अभिनेता अनमोल केसीको उपस्थिति रह्यो। फिल्म हेर्न जापानबासी नेपालीहरूको उत्साहजनक उपस्थिति देखियो। अनमोलसँग तस्बिर खिचाउन र उनलाई उपहार दिनेको भीड पनि निकै बाक्लो थियो।

प्रदर्शक सुवास लामिछानेका अनुसार, टोकियो सहरस्थित नाकानो जिरो हलमा आयोजित प्रदर्शन सफल रह्यो। अनमोलले नागोया, ओसाका लगायतका सहरमा हुने शोहरूमा पनि सहभागिता जनाउनेछन्। शनिबार जापान पुगेका अनमोलले त्यहाँ घुमघाममा पनि समय बिताइरहेका छन्।

सुयोग गुरूङको लेखन र निर्देशनमा बनेको ‘फर्की फर्की’ मा अनमोल केसीसँगै जसिता गुरूङ, रवी काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। फिल्मका निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन्। ***

तपाईको प्रतिक्रिया