Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि-ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको हो ।

नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ दुवै पटक भिसा दिन अस्वीकार गरेपछि सन्दीपले विश्वकप नखेल्ने सम्भावना बढेको थियो । तर उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

विज्ञप्तिमा सन्दीप गत मे १६ देखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको उल्लेख छ । ‘उनको अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थित रहने जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।सन्दीपको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी पनि विज्ञप्तिमा गरिएको छ । समूह डीमा मा रहेको‌ नेपालले डालासमा नेदरल्याण्ड्ससँगको खेल ६ विकेटले गुमाएको थियो । दोस्रो खेल मंगलबार श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।

तपाईको प्रतिक्रिया