Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – आईसिसी टी-२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले शानदार जित हात पारेको छ । समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको युगाण्डा रनमै समेटिएपछि वेष्ट इण्डिजले शानदार जित निकालेको हो ।युगाण्डाले निर्धारित

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ओभरको १२ ओभरमै अलआउट हुँदै समेटियो र उसले ३९ रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि कुनैप नि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सुरुदेखि नै कमजोर देखिएको युगाण्डाका जुमा मियागी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न नसक्दा नराम्रो पराजय हो ।

युगाण्डालाई सस्तोमै समेट्न वेष्ट इण्डिजका अकिल होसेनले जम्मा ११ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने अलजारी जोसेफले २ विकेट हात पारे । रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोटीले समान १-१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्दै वेष्ट इण्डिजले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १७३ रन बनायो ।

वेष्ट इण्डिजका लागि जोन्सन चाल्र्सले सर्वाधिक ४४ रन जोडे भने आन्द्रे रसेलले ३० रन बनाए । त्यस्तै रोवमन पवेलले २३ रन जोड्दा निकोलस पुरन र शेरफेन रुथपोर्डले समान २२-२२ रन जोडे ।

यता युगाण्डाका लागि कप्तान ब्रिएन मासाबले सर्वाधिक २ विकेट हात पार्दा दिनेश नकरानी, कोसमस केयुटा र अल्पेश रामजानीले समान १-१ विकेट हात पारे । हालसम्म ३ खेल खेलेको युगाण्डाले एक खेलमा मात्रै जित हात पारेको छ भने २ खेल खेलेको वेष्ट इण्डिजले दुबैमा जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया