Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – आईसीसी ट्वान्टी-२० विश्वकपमा एसोसियट राष्ट्र क्यानडाले टेस्ट टोली आयरल्यान्डविरुद्ध १२ रनको जित निकालेको छ । शुक्रबार न्यूयोर्कमा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्यानडालाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रनमात्र खर्चिएपछि क्यानडाले टेस्ट राष्ट्रविरुद्ध १२ रनको सनसनीपूर्ण जित निकालेको हो । आयरल्यान्डका मार्क अडायरले ३४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । जर्ज डक्रेलले ३० रन थप्दा एन्डी बिलबर्नीले १९ र लोर्कान टकरले १० रन थपे । क्यानडाका जेरेमी गोर्डोन र दिलोन हाइलिजरले समान दुई विकेट लिए । साद बिन जफर र जुनैद सिद्दिकीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो । क्यानडाका निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाए । एक रनले अर्धशतक बनाउन चुकेका उनले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । श्रेयस मोभ्वाले ३७ रन थप्दा पर्गत सिंहले १८ र आरोन जेम्सले १४ रन जोडे । आयरल्यान्डका बेरी म्याकार्थी र क्राइग योङले समान दुई विकेट लिए । मार्क अडायर र ग्यारेथ डेलानीको नाममा एक–एक विकेट रह्यो ।

प्रतियोगितामा पहिलो जित निकालको क्यानडा दुई अंकसहित समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ । क्यानडा यसअघि पहिलो खेलमा अमेरिकासँग सात विकेटले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको आयरल्यान्ड तालिकाको पुछारमा छ । यसअघि पहिलो खेलमा आयरल्यान्डले भारतसँग आठ विकेटको हार बेहोरेको थियो ।

तपाईको प्रतिक्रिया