समाचार सुन्नुहोस :
काठमाडौं – कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले दाबी गरेका छन् कि कैलाश सिरोहियालाई सहकारी ठगी प्रकरणको समाचार निरन्तर प्रकाशित गर्दा पक्राउ गरिएको हो। शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको समाचार निरन्तर प्रकाशित गर्दा कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन्।
सम्भव सिरोहियाले लामिछानेले समाचार लुकाउन र मिलाउन धेरैपटक अनुरोध गरेको खुलासा गरेका छन्। उनले भने, ‘उहाँले आफूले गरेको पत्रकारिता जस्तो सोच्नु भएको छ, जहाँ समाचार सेटिङ गरिन्छ र लुकाइन्छ।’ साथै, उनले स्पष्ट पारे कि कान्तिपुरको व्यवस्थापनले नभई संवाददाताले समाचार लेख्नेछन्। ‘समाचार र सम्पादकीय स्वतन्त्र छ’, उनले थपे। ***
भिडियो :
My statement. pic.twitter.com/i23oyIVidn
— SambhavSwarSirohiya (@swarsirohiya) June 7, 2024