Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ । बिहीबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले पराजित भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिलो हाफमा २ गोल गरेको युएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । युएईका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम मोहमदले एक एक गोल गरेका थिए । नेपालले विश्वकपको छनौट अन्तर्गत युएईविरुद्धको पहिलो लिगमा पनि ४-० ले नै हार बेहोरेको थियो ।

यो हारसँगै नेपालले यस पटकको विश्वकप छनौटमा लगातार पाँचौँ हार बेहोरेको छ । अब नेपालले अर्को खेल यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रङ्गशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

तपाईको प्रतिक्रिया