Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – जापानिज वाच ब्रान्ड ‘सिको’ ले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो ।

तीव्र विकासको क्रममा रहेका बजारमा आफ्नो बलियो उपस्थिति जनाउने सिकोको रणनीति अनुरूप फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

दशकौं अगाडिदेखि नै नेपाली बजारमा उपलब्ध यो ब्रान्डको आधिकारिक बुटिक नेपालमा खुलेको भने यो पहिलो पटक रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो स्टोरमा विभिन्न २०० भन्दा बढी मोडल एकै स्थानमा उपलब्ध हुने छ ।

तपाईको प्रतिक्रिया